रोचक/विचित्र संसार

रेकर्ड तोड्न अनौठो काम, साढे २ घण्टा बरफमा बास

By खबरहब

September 27, 2020

अस्ट्रियाका एक ब्यक्तिले बरफका टुक्राले भरिएको एक बाकसभित्र बसेर आफ्नै पुरानो रेकर्ड तोडेका छन् ।

अस्ट्रियाका जोसेफ कोएबेरी नामक एक ब्यक्तिले बरफले भरीएको उक्त बाकसमा कुल अढाई घण्टा बिताएका छन् ।

पेशाले ब्यवसायी जोसेफले काँधसम्म बरफ भरिएको काँचबाट बनेको एक बाकसमा दुई घण्टा ३० मिनेटसम्म बसेर समय बिताएका छन् । योसँगै जोसेफले अघिल्लो बर्ष बरफको बाकसमा लामो समयसम्म बस्ने आफ्नै रेकर्ड तोडेका हुन् । यस पटक उनले अघिल्लो बर्षको तुलनामा ३० मिनेट बढि बसेका हुन् ।

जोसेफका अनुसार यसरी बरफमा लामो समय बस्ने क्षमता विकास गर्न उनले दर्जनौ पटक प्रयाश गरेका थिए । उनी चिसोमा रहँदा आफ्नो ध्यान सकारात्मक विचारमा केन्द्रित गर्दथे ।