देश/प्रदेश

थप १० संक्रमितको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

By खबरहब

September 27, 2020

काठमाडौँ- कोरोना संक्रमित थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको जानकारी दिएको छ ।

आज एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ ।