समाचार

बुटवलमा उपचाररत दुई संक्रमितको मृत्यु

By खबरहब

October 27, 2020

बुटवल- बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमाका महिला र बुटवलका पुरुष छन् ।

तिलोत्तमा-११ की ५० वर्षीया महिलाको सोमबार राति ८:१७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

यस्तै बुटवल- १३ का ५२ वर्षीय पुरुषको पनि आज बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

श्वासप्रश्वासको समस्या रहेका ती पुरूषमा कार्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।