रोचक/विचित्र संसार

भाइरल बन्यो कुकुरको हरियो छाउरो

By खबरहब

October 27, 2020

कहिलेकाहीँ विश्वमा घट्ने अनौठो घटनाले पनि हामीलाई चकित पार्ने गरेको छ । यी घटना यति आश्चर्यजनक हुन्छ कि प्रायः हामीले कतै सुनेका वा देखेका हुदैनौ । यस्तै एउटा अनौठो घटना भएको छ, इटालीमा ।

इटलीको सार्डीनियामा गत अक्टोबर ९ मा एक कुकुरले ५ छाउरा जन्म दिएको छ । यो कुनै अनौठो कुरा होइन । अनौठो त उसले जन्म दिएको छाउरामा रहेको छ । उक्त कुकुरले जन्म दिएको ५ छाउरामा ४ वटाको रौं सेता र एउटाको रौं हरियो छ । जो प्रायः असम्भव हो ।

खासमा कुकुर इटालीका किसान क्रिस्चियन मलोक्कीका साथमा ८ कुकुर छन् । जसमध्ये स्पेलाच्चिया नामक कुकुरले पाँच छाउरा जन्म दियो । सबै छाउराको वजन सामान्य छ । तर सबैको रंग भने फरक छ ।

छाउरा अनुसार रंग फरक हुनु अस्वभाविक होइन तर कुकुरको रंग हरियो हुनु पक्कै पनि स्वभाविक चाहि होइन ।

किसान मलोक्कीले उक्त हरियो रंगको कुकुर आफै पाल्ने निधो गरेका छन् । उनका अनुसार हरी रंग विश्वासको प्रतीक भएकाले यसले राम्रो दिन ल्याउँछ ।

उनले उक्त हरियो रंगको छाउराको नाम पिस्ताचिओ राखेका छन् । तर दुखःको कुरा के छ भने पिस्ताचिओ बढ्दै जादाँ उसको रौंको रंग सामान्य अर्थात सेतो हुदै गरेको छ ।