देश/प्रदेश

बागलुङकी सुत्केरीको हेलीकोप्टरमार्फत उद्धार

By खबरहब

October 27, 2020

बागलुङ- बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो ।

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएपछि केन्द्र पु¥याइए पनि अवस्थामा सुधार नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चूडामणि कँडेलले जानकारी दिए ।

शिशु बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको बताइएको छ ।