रोचक/विचित्र संसार

जब माछा देखेर सर्पले उत्सुकतापुर्वक हेर्‍यो (भिडियो सहित)

By खबरहब

November 27, 2020

अमेरिकाको शिकागोस्थित शेड एक्वेरियमले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमा सार्वजनिक गरेको एक भिडियो निकै रोचक छ ।

उक्त भिडियोमा एक हरियो रंगको बोअ प्रजातीको सर्प एक माछाको एक्वारियम नजिक हुन्छ । उसको नजर एक्वारियमभित्रका रंगी बिरंगी माछामा पर्दछ । उक्त सर्पले ती माछालाई उत्सुकता पुर्वक हेरेको भिडियो निकै रमाइलो छ ।

ए स्नेक अन ए फील्ड ट्रिप क्याप्सन राखेर शेयर गरिएको उक्त भिडियो लाखौं पटक हेरिएको छ । इन्टरनेटमा भाइरल यस ट्वटीर प्रयोगकर्ताले आआफ्नो प्रतिकृया दिएका छन् । ती प्रयोगकर्ताले उक्त सर्पले पहिलो पटक माछा देखेको हुनसक्ने अनुमान लगाएका छन् ।

Snakes get curious too! 🐍 The penguins aren’t the only animals who take field trips around the aquarium—this emerald tree boa seemed fassscinated by his fishy neighbors. pic.twitter.com/UDzO17vpgL

— Shedd Aquarium (@shedd_aquarium) August 21, 2020