रोचक/विचित्र संसार

६५ वर्षे महिलाले बच्चा जन्माइन, बुबा ८० वर्षीय

By खबरहब

December 27, 2020

भनाइ छ, दृढ अठोटका साथ कुनै काम थालियो भने यसलाई उमेर, अवस्था वा कठिनाईले रोक्न सक्दैन । यस्तै एक अचम्मको घटना भएको छ, भारतको जम्मूकश्मीरमा ।

जम्मूकश्मीरको पुछं जिल्ला निवासी एक महिलाले ६५ बर्षको उमेरमा सन्तानलाई जन्म दिएकी छन् । हो पत्याउनै नसकिने यो घटना वास्तविक जीवनमा भएको छ ।

योसंगै ती महिलाले जम्मूकश्मीरमा सबैभन्दा पाको उमेरमा आमा बन्ने रेकर्ड बनाएकी छन् । ती महिलाको १० बर्षका छोरा समेत छन् ।

यसमा अझ रोचक त के छ भने ती महिलाका श्रीमान हाकिम दीन ८० बर्षका भए । हाकिम सोमबार आफ्नो दोस्रो सन्तानको पिता बने । छोरी पाएपछि यी दम्पती निकै खुसी छन् । चिकित्सकका अनुसार अहिले आमा र छोरीको स्वास्थ्य सामान्य छ ।