इनसाइट/स्पेशल

स्थानीयको विराेधपछि सचिवालयले हटायो ‘यतीका मस्कट’ 

By खबरहब

January 28, 2020

काठमाडौं– भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट हटाइएका छन् ।

यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएपछि  भ्रमण वर्ष सचिवालयले यतीका मस्कट हटाएको हो।

भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानहरु विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा यतीको मस्कट राखिएका थिए ।

सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका थिए ।

हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीबारे आइतबार साँझ विवाद भएको थियो । चित्र सम्पदामैत्री नभएपछि नगर प्रहरीले ‘स्प्रे’ मार्फत सबै चित्र मेटाएकाे थियो ।