समाचार

वुहानमा रहेका नेपालीहरुद्वारा उद्धार गर्न आग्रह

By खबरहब

January 28, 2020

काठमाडौं– चीनको वुहानमा रहेका नेपालीहरुले उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित चीनको वुहान सहरमा रहेका नेपालीहरूले आफूलाई उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेका हुन् ।

बेइजिङस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको र हालसम्म कसैलाई पनि सङ्क्रमण नभएको जनाएको छ।

दूतावासले नेपालीको सहायताका लागि विभिन्न सहरमा हटलाईन सेवा सुरु गरेको जानकारी दिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि युहानबाट पाँच लाख मानिसले छाडेको जनाइएको छ ।