धर्म / संस्कृति

धार्मिक पर्यटन प्रवर्द्धनका लागि पोखरा र लुम्बिनीमा विश्वशान्ति पूजा

By खबरहब

January 28, 2020

रुपन्देही- विश्व शान्ति र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ ।

नेपाल पर्वतारोहण संघको आयोजनामा आगामी माघ २० देखि २२ गतेसम्म विश्वशान्ति पूजा हुन लागेको हो ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १७औँं स्थापना दिवसको अवसरमा शान्ति पूजा कार्यक्रम गर्न लागिएको हो । शान्ति पूजा लुम्बिनीबाट शुरु भई पोखरा पुग्नेछ । शान्तिदीप २० गते लुम्बिनीबाट पोखरा लगिने जनाइएको छ ।

तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय सङग्रहालयको प्रचारप्रसारमा टेवा पुग्ने बताइएको छ ।

नेपालको धार्मिक पर्यटन गतिविधिका रूपमा स्थापित गर्न पूजा सहयोगी हुने सङ्घका अध्यक्ष शन्तवीर लामाले बताए । पूजाले बुद्धको जन्मबारे फैलाइएको नकारात्मक भ्रमलाई चिर्न पनि सहयोग पुग्ने उनको भनाइ थियो ।