अपराध

छुरा प्रहार गरी घाइते बनाएको आरोपमा ललितपुरबाट १ युवक पक्राउ

By खबरहब

February 28, 2020

काठमाडौं– धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको आरोपमा ललितपुर प्रहरीले १ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भइ ललितपुर महानगरपालिका–५ लगनखेल बस्ने ३० वर्षीय विकास आचार्य छन् । प्रहरीका अनुसार आचार्यले दोलखा घर भइ लगनखेल नै बस्दै आएका २४ वर्षीय सन्तोष खतीमाथि छुरा प्रहार गरेका थिए ।

आचार्यले छुरा प्रहारी गरी घाइते भएका खातीको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका आचार्यमाथि ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।