क्रिकेट

इस्टर्न रिजन टी–२० कप क्रिकेटको ट्रफी सार्वजनिक

By खबरहब

February 28, 2020

काठमाडौं- थाइल्याण्डमा शनिबारदेखि शुरु हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा सहभागी नेपालसहित पाँचवटै देशका कप्तानले शुक्रबार ट्रफी सार्वजनिक गरेका हुन्। नेपालले शनिबार मलेसियासँग खेल्दै प्रतियोगिातको सुरुवात गर्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् ।

नेपालले दोस्रो खेल मार्च १ मा हङकङ, तेस्रो खेल मार्च ४ मा थाइल्याण्ड र अन्तिम खेल मार्च ६ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।