अन्तर्राष्ट्रिय

इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृत्यु

By खबरहब

March 28, 2020

काठमाडौं –  इटालीमा कोरोना भाइरसको उपचारमा संलग्न ५१ जना चिकित्सकको मृत्यु भएको छ ।

महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ ।

मृत्यु हुने ५१ जना चिकित्सकमध्ये ३२ जना सबैभन्दा बढी प्रभावित मानिएको लोम्बार्दी क्षेत्रका भएको जनाइएको छ ।

एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्टको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार रातिसम्म इटालीमा कोरोना भाइरसको संक्रमणका कारण ९ हजार १३४ जनाको मृत्यु भएको छ भने ८६ हजार भन्दा बढी संक्रमित भएका छन् ।