समाचार

नेपालबाट उद्धार गरिएका यूरोपियन राष्ट्रका थप ३ सय नागरिक स्वदेश फर्किदै

By खबरहब

March 28, 2020

काठमाडौं– नेपालबाट उद्धार गरिएका यूरोपिनय राष्ट्रका थप ३ सय नागरिक आज स्वदेश फर्किने भएका छन् ।

केहीबेरमा कतार एयरवेजको विमानबाट उनीहरु स्वदेश फर्किन लागेका हुन् । करिव ३ सय यात्रु स्वदेश फर्किने तयारीमा रहेको विमानस्थल स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

इरोपियनले चार्टर्ड गरेको कतार एयरवेजको विमान यात्रुलाई लिन रित्तै आएको थियो ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको जोखिम रोक्न लागि लकडाउन लागू गरेसँगै विदेशी नागरिक स्वदेश फर्किन रोकिएका थिए ।