प्रवास

बेलायतमा प्रभावित नेपालीलाई सहगोग गर्न दूतावासले सरकारलाई पठायो पत्र

By खबरहब

April 28, 2020

काठमाडौं- बेलायतमा कोरोना प्रभावित नेपालीको सहयोग गर्न नेपाली दूतावासले बेलायत सरकारलाई आग्रह गरेको छ ।

बेलायतस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसको संक्रमणले पारेको प्रभावबारे जानकारी गराएको हो ।

रक्षा मन्त्रालय, गोर्खा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना संक्रमणबाट वृद्धवृद्धा एवं भूतपूर्व गोर्खा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा भाषाको समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग दूतावासले आग्रह गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए।