अन्तर्राष्ट्रिय

ट्वीटर लगायतका सामाजिक सञ्जाल बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

By खबरहब

May 28, 2020

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

ट्वीटरले उनको ट्वीटमा ‘तथ्य जाँच’ राखेपछि आक्रोशित बनेका ट्रम्पले सामाजीक सञ्जालहरू नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनको उक्त चेतावनीपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सामाजिक सञ्जाहरूका लागि कार्यकारी आदेश जारी गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जाललाई नियमन गर्नका लागि जारी गरिने  भनिएको कार्यकारी आदेशको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

ट्वीटरले आफ्ना ट्वीटमाथि ‘तथ्य जाँच’ राखेपछि ट्रम्पले उसको उक्त कदम आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्न लक्षित रहेको टिप्पणी गरेका थिए ।