समाचार

सबै स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड विनियोजन

By खबरहब

May 28, 2020

काठमाडौं-अर्थमन्त्री युवराज खतिवडाले हरेक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा तथा नसर्ने रोग जाँच गराउन ५ अर्व १० करोड वित्तिय हस्तान्तरण गरिने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहमा ५ देखि १५ शय्याको २ सय ७२ वटा अस्पताल निर्माणका लागि १४ अर्व २७ करोड बजेट विनियोजन गरिएको बताए ।

उनले स्वास्थ्य बीमालाई आगामी तीन वर्ष भित्रमा सबैको पहुँचमा पुर्‍याउने र आगामी वर्षमा ४० प्रतिशत जनसंख्यालाई स्वास्थ्य बीमामा समेटिने बताए ।

यस्तै स्वास्थ्य विमाका कार्यक्रम भित्र आधारभूत स्वास्थ्य सेवा बाहेका स्वास्थ्य सेवालाई पनि समावेस गर्दै लगिने बताए । स्वास्थ्य विमामा ७ अर्ब ५० करोड विनियोजन गरिएको बताए ।