फाइल तस्वीर

दुध र मासुमा आत्मनिर्भर बनाइने

By खबरहब

May 28, 2020

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई तरकारी, दूध र मासुमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र यी कृषि वस्तुमा आत्मनिर्भर हुन आवश्यक बजेट विनियोजन गरेको बताएका हुन्।

बजेटले हरेक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र बनाउने घोषणा गरेको छ । आगामी वर्ष कृषि र पशुपालनका २ सय ५० वटा पकेट क्षेत्र रहने सुनिश्चित गरिएको छ ।

त्यस्तै, रसायनिक मलका लागि दिइदैँ आएको अनुदानलाई बढाएर रु. ११ अर्ब पुर्याइएको छ। अहिले रसायनिक मलका लागि रु. ९ अर्ब अनुदान दिइन्छ।

अर्थमन्त्री डा. खतिवडाले कृषि क्षेत्रको सहुलियतमा पुनरावलोकन गरी तीन वटै तहका सरकार हरुबीच दोहोरो नपर्ने व्यवस्था मिलाइने बताएका छन् ।