राजनीति

अहिले प्रधानमन्त्री ओलीको विकल्पबारे सोच्नु पनि अपराध हो : राज्यमन्त्री दुगड

By खबरहब

June 28, 2020

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पबारे सोच्नु पनि अपराध हुने बताएका छन् ।

आइतबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै राज्यमन्त्री दुगडले वर्तमान प्रधानमन्त्री ओलीले देश र जनताको हितमा एउटा संकल्प र अठोटका साथ काम गरिरहेको जिकिर गरे ।

उनले प्रधानमन्त्री ओलीमा देश बनाउने संकल्प रहेको र सोहीअनुसार आफ्नो भूमिकामा खरो रुपमा उत्रिररहेको दाबी गरे ।

राज्यमन्त्री दुगडले सरकारको विरोध गर्ने वा आलोचना गर्नेहरुले जे कुरामा पनि आलोचना गर्ने गरेको टिप्पणी गरे ।

नेपालले संसदबाट नयाँ नक्सा पारित गरेपछि भारतले नेपालसँगको सम्बन्ध टुटाउनेबारे भ्रामक कुरा बाहिर आएको पनि टिप्पणी गरे ।

नेपाल कहिल्यै पनि कसैको अधिनमा नरहेको र सधैं स्वतन्त्र, अखण्ड र स्वाधीन देश भएको उल्लेख गरे ।