रोचक/विचित्र संसार

अलार्मको रिगंटोनमा सुँगा नाचेको भिडियो भाइरल

By खबरहब

July 28, 2020

सामाजिक सञ्जालमा हरेक दिनजसो कुनै न कुनै भिडियो भाइरल हुने गरेको छ । यसै बिच पूर्व अमेरिकी बास्केटबल खेलाडी रेक्स चैपमैनले शेयर गरेको एक भिडियो भाइरल बनेको छ । जसलाई अधिकाशं सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।

भाइरल भिडियोमा एक सुगा अलार्मको घण्टीमा मज्जाले नृत्य गरेको देखिन्छ । रेक्स चैपमैनले शेयर गरेको उक्त भिडियोलाई केहि घण्टामा नै लाखौले हेरेका थिए । तर पछि उनको एकाउन्टबाट सो भिडियो हटेको छ । अहिले अन्य एकाउन्टबाट उक्त भिडियो शेयर भएको पाइन्छ ।

https://www.youtube.com/watch?v=rSrc53Hq5II

भिडियोमा एक ब्यक्ति हातमा मोवाइल लिएर एक एक गर्दै फोनको रिगंटोन परिवर्तन गर्दै जान्छन् । उनी छेउमा रहेको सुगाले हरेक रिंगटोनमा मज्जाले नृत्य गर्दछ । मानिसलाई सुगाको उक्त डान्स निकै मन पर्दछ ।

धेरैले लाखौले यस भिडियोमा लाइक र कमेन्ट गरेका छन् । एक यूजरले त उक्त सुगाले आफुले भन्दा पनि बबाल नृत्य गरेको कमेन्ट गरेका छन् ।