रोचक/विचित्र संसार

बिरालोलाई ‘सेक्युरिटी गार्ड’को जागिर !

By खबरहब

August 28, 2020

एजेन्सी- हाल कोरोना महामारीका कारण विश्व त्रस्त छ । यो विषम परिस्थितिमा धेरै मानिसले जागिरबाट हात धुनु परेको छ । कोही जागिरमा जाँदा कोरोना संक्रमण हुने पो हो कि ? भन्ने चिन्तामा छन् ।

विश्वमा धेरै मानिस कोरोना महामारीका कारण बेरोजगार बनिरहँदा अष्ट्रेलियामा भने एउटा बिरालोलाई सेक्युरिटी गार्डको जागिर दिइएको छ । त्यो पनि अस्पतालको ।

त्यसो त जनावरहरु काममा निकै वफादार हुन्छन् । उनीहरुलाई सिकाउने विभिन्न क्रियाकलापले यो पुष्टि गरिसकेको छ । कुकुरले सुरक्षा प्रदान गर्ने विषय सबैलाई थाहा भएकै विषय हो । तर अब अष्ट्रेलियाको एक अस्पतालमा बिरालोले समेत सुरक्षा प्रदान गर्ने भएको छ ।

अष्ट्रेलियाको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको समाचार अहिले सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड हो । उक्त बिरालोलाई अष्ट्रेलियाको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सेक्युरिटी गार्डको रुपमा जागिर दिएको हो ।

जो अहिले गेटमा सेक्युरिटीको काम गरिरहेको छ । उसको घाँटीमा आईडी कार्ड समेत लगाइदिइएको छ । बिरालोको घाँटीमा सेक्युरिटी गार्डको कार्ड झुण्ड्याइएको तस्वीर सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ ।

हेरौं केही तस्वीर-