बैंक/वित्त

ग्लोबल आईएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ खाता

By खबरहब

September 28, 2020

काठमाडौँ- ग्लोबल आईएमई बैंकले महिलाहरूलाई आर्थिक रूपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ ।

यो योजनाले महिलाहरूका नाममा बचत गर्न, बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता वाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने यो योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ ।