फाइल फोटो

इनसाइट/स्पेशल

आगामी वर्षलाई ‘आन्तरिक पर्यटन वर्ष’का रुपमा अघि बढाउने तयारी

By खबरहब

November 28, 2020

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले  सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने सरकारको योजना रहेको बताएका छन् ।

शनिबार झापाको विर्तामोडमा भएको एक कार्यक्रममा मन्त्री भट्टराईले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पु¥याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गरे ।

कोरोना महामारीको सङ्कटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको उनको भनाइ थियो ।