फाइल फोटो

राजनीति

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई नेता कोइरालाको आग्रह

By खबरहब

December 28, 2020

नवलपरासी– कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति समेत तोकिसकेकाले कांग्रेसले निर्वाचनलाई स्वीकारेर जानपर्ने बताए ।

नेपाली कांग्रेस पूर्वीनवलपरासीद्वारा सोमबार गैंडाकोटमा आयोजित सभामा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशंका व्यक्त गर्दै निर्वाचन गराउन कांग्रेसले दबाब सिर्जना गर्न सडक आन्दोलन र मतदाता जागरुक अभियान सुरु गरेको बताए ।

कोइरालाले प्रधानमन्त्री ओलीले सत्तामा बसेर भ्रष्टाचार बढाउने बाहेक कुनै परिवर्तनका लागि काम गर्न नसकेको आरोप लगाए ।