मनोरञ्जन

बाबु बने विल्सन विक्रम राई

By खबरहब

January 29, 2020

काठमाडौं – कलाकार विल्सन विक्रम राई बाबु बनेका छन् । विल्सन पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् ।

गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।

विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् ।

विल्सन बाबु बनेको अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत ।’

विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् ।