राजनीति

१९ महिनापछि नेकपाको केन्द्रीय समिति बैठक सुरु

By खबरहब

January 29, 2020

काठमाडौं – १९ महिनापछि  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि यो दोस्रो केन्द्रीय समिति बैठक हो । राष्ट्रिय सभा गृहमा ११ बजेदेखि सुरु भएको बैठकमा पार्टीका ४ सय ४१ केन्द्रीय सदस्य सहभागी भएका छन ।

बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट विभिन्न समूह बनाएर पेरिसडाँडाँ र धुम्बाराहीमा छलफल गरिनेछ । बैठक ४ दिनसम्म चल्नेछ ।