अन्तर्राष्ट्रिय

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघ्यो

By खबरहब

April 29, 2020

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६८ हजार ९४१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ५ हजार २०५ जनामध्ये १ हजार ८६३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।