रोचक/विचित्र संसार

कोरोना संक्रमितको उपचार गर्नेहरु नै नग्न भएपछि….

By खबरहब

April 29, 2020

काठमाडौं – कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरुका नग्न तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् ।

चिकित्सकहरुलाई नै नग्न देखिएपछि उनीहरुको यतिबेला आममानिसले आलोचना गरिरहेका छन् ।

जर्मनीका चिकित्सहरुका उक्त तस्वीरको यथार्थ बुझेपछि भने मानिसहरुले डाक्टरप्रति एकाएक सहानुभुति जनाउँदै जर्मन सरकारको चर्को आलोचना गरेका छन् ।

पर्सनल प्रोटेक्टिप इक्विपमेन्ट (पीपीई) को अभावमा कोरोना संक्रमितको उपचार गर्नु परेको बताउँदै चिकित्सकहरुले सरकारको ध्यानाकर्षणका लागि  अवस्थामै विरामीको परीक्षण गर्नुपर्ने भन्दै त्यस्ता तस्वीरहरु सार्वजनिक गरेका हुन् ।

‘ब्लेंके बेडेन्केन’ नामको समूहले नग्न फोटोहरु पोस्ट गर्दै लेखेका छन् ‘हामीसँग अलिअलि भएका सुरक्षाका साधनहरु जब सकिनेछन्, त्यसपछि हामी यस्तै देखिनेछौं ।’