फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसमा ३ लाख ७९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

By खबरहब

May 29, 2020

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ३७१ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ७९ हजार ५१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार १४२ पुगेको छ ।

२ लाख २३ हजार ९१६ जनाको उपचार भइरहेको छ भने १ लाख ५० हजार १९३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।