जीवनशैली

वर्षायाममा सागपात खाँदा अपनाउनुहोस् यी सावधानी

By खबरहब

July 29, 2020

आजकल बजारमा प्रशस्त मात्रामा वेमौसमी तरकारीहरु पाइन्छ ।

बेमौसमी तरकारीमा मानिसको आर्कषण बढे पनि यसको सेवनले भने कतिपय अवस्थामा हाम्रो शरीरमा हानी पुर्याउँदछ । अझ वर्षायाममा पात भएका साग तथा तरकारीको सेवन भने अन्य मौसमको तुलनामा हानिकारक हुन्छ ।

अन्य मौसममा स्वस्थकर मानिए पनि वर्षाको मौसममा हरियो तरकारी र सागपात स्वास्थको लागि हानिकारक हुन सक्छ ।

वर्षायाममा हरिया तरकारीमा रोगका किटाणुहरु पाइन सक्छ । ती किटाणु वर्षाको फोहोर र आकाशबाट परेको पानीसंगै बारीसम्म पुग्ने गर्दछन् । तसर्थ यस्ता सागपात वा तरकारी खानु अघि निम्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

१. बजार वा बारीबाट ल्याइएको तरकारीलाई तातो पानीमा पखाल्ने । २. तरकारी पकाउन प्रयोग गरिने पानी तातो नै प्रयोग गर्ने । ३. तरकारी पकाउँदा पर्याप्त समयसम्म पकाउने काँचो नखाने । ४. सागपात वा पात भएका तरकारी पकाउँदा छोपेर मात्र पकाउने । ५. यो मौसममा हरियो पात भएको तरकारीको सट्टा मौसमी तरकारी भिन्डि, परवल, बोडी, करेला खान सकिन्छ ।

वर्षायाममा पाचनपक्रिया सुस्त हुने गर्दछ । तसर्थ यस मौसममा सफा, स्वस्थ्यकर र पौष्टिकजन्य तरकारी खानु पर्दछ । तर यस्ता तरकारी पकाउँदा काँचो, धेरै तेलको प्रयोग गरेर, पिरो, मसलायुक्त खानु हुदैन ।