अन्तर्राष्ट्रिय

फिलिपिन्समा गोली हानी आठ जनाको हत्या

By खबरहब

August 29, 2020

एजेन्सी – फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउँसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली हानी ८ जनाको हत्या गरेको छ ।

एक स्थानीय अधिकारीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा सवार व्यक्तिमाथि अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मृतक सबै पुरुष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आक्रमणको कारण खुल्न सकेको छैन।