फाइल फोटो

औषधी/उपचार

पूर्वी नवलपरासीका कोरोना संक्रमित बृद्धको चितवनमा उपचारका क्रममा मृत्यु

By खबरहब

August 29, 2020

नवलपुर – पूर्वी नवलपरासीका कोरोना संक्रमित एक बृद्धको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीय बृद्धको उपचारका क्रममा शनिबार साँझ ५:५० बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उच्च ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि भदौ ४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएका उनमा कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।