रोचक/विचित्र संसार

अनौठो नियम : गाउँभर जुत्ता लाउन नपाइने

By खबरहब

December 29, 2020

के तपाई कहिल्यै जुत्ता चप्पल बिना कतै जान सक्नु हुन्छ ? पक्कै सकिदैन किनकी भुईको चिसो तातो वा खुट्टाले किल्चन सक्ने बस्तुको कारण हामी चप्पल लगाउँछौ । तर भारतको एक गाउँमा भने जूत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागिदार हुन्छन् ।

भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाँउमा जुत्ताचप्पल नलगाउने परम्परा छ । कलिमायन नामक यस गाँउमा सयौं र्षदेखि जुत्ताचप्पल लगाउन नपाउने नियम छ । यहाँ जुत्ताचप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जूत्ताचप्पल लगाउन मनाही गर्दछन् ।

जुत्ताचप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ । खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुदैं आएको छ । उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् । उनै देवताप्रति अपार आस्था देखाउन यस गाउँ भित्र जुत्ताचप्पल नलगाउने रित बसेको हो । अब यसमा अझै रोचक त के छ भने यदि उनीहरु बाहिर जानु परे हातमा चप्पल बोकेर आउँछन् र गाउँबाट बाहिर पुगेपछि मात्र पहिरिन्छन् । त्यस्तै गाउँ भित्रनु अघि फेरी जुत्ताचप्पल खोलेर खालीखुट्टा जान्छन् ।