रोचक/विचित्र संसार

एक रात सुत्दा ६ लाखसम्म पाइने, तर पूरा गर्नुपर्छ यस्ता शर्त !

By खबरहब

December 29, 2020

एजेन्सी– आजको समयमा जो पनि धनी बन्न चाहन्छन् । तर धनी बन्नको लागि कडा मिहेनत भने गर्न कोही चाहँदैनन् ।

धेरैजसो मानिसहरुले धनी बन्नको लागि बिहानै उठ्नु पर्दछ, जहिल्यै एक्टिभ रहनुपर्दछ भन्ने मान्यता राख्दछन् । तर एक खबरका अनुसार पपुलर स्ट्रिमिङ्ग वेबसाइट ट्विट्चले आफ्ना कर्मचारीहरुलाई (स्टार्ट इयरनिङ मनि बाई स्लिपीङ)को बदलामा लाखौँ रुपैयाँ दिइरहेको छ ।

यो वेबसाइटले जनाएअनुसार एक रात सुत्दा तपाई लखपति बन्न सक्नुहुन्छ । तर यसका लागि तपाइँले आफ्नो बेडको नजिक वेबक्याम लगाउनु पर्दछ । सुत्दा लाईट स्ट्रीमिङ गर्नुपर्दछ । यस्तो गरेमा तपाई लाखौँ रुपैयाँ कमाउन सक्नुहुनेछ ।

सुत्ने अलावा कम्पनीले तपाईलाई अन्य कुराहरुको स्ट्रीमिङ गर्ने अनुमति पनि दिने गर्दछ । जस्तै तपाई कला। म्युजिक र गेमिङ जस्ता कुराहरु लाइभ स्ट्रीमिङ गरेर पैसा कमाउन सक्नुहुन्छ ।

केही दिन अगाडि अमेरिकाका भिडियो मेकर म्याथ्थे रिनाडोले एक रातमा आफू सुतेर लाइव स्ट्रीम गर्दा ५६०० डलर कमाएको जनाएका थिए ।

एजेन्सीको सहयोगमा