प्रवास

सुकुटी लालचमा दुई नेपालीले गुमाए जापानको भिषा

By खबरहब

January 30, 2020

काठमाडौं –  सुकुटी र आलो मासुको लालचले दुई नेपालीले जापानको भिषा गुमाएका छन ।

जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो ।

टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको ३ बर्षे भिषा नै रद्द भएपछि स्वदेश फर्किएका छन । चितवनमा बसोबास गर्दै आएका भट्टराई थरका उनिहरु बाबु छोरा हुन । उनिहरुको अन्य विवरण खुलाइएको छैन ।

उनीहरुले सुटकेसमा करिब ३ किलो सुकुटी र ३ किलो आलो मासु, हरियो तथा धुलो खुर्सानी लगायतका खानेकुरा लगेका थिए ।