देश/प्रदेश

तीन विघा जमिनमा लगाइएको गाँजा नष्ट

By खबरहब

January 30, 2020

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिका– ३ मा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

बरुण भलायो, इनारटोल र भित्री स्थितमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीसहितको प्रहरी टोलीले तीन बिघा क्षेत्रफलको गाँजा नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा खेती भइरहेको भन्ने सूचनाका आधारमा हालसम्म तीन बिघामा लगाइएको गाँजा फँडानी गरि नष्ट गरिएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

तयारी गाँजा उत्पादन गरी काटेर सुकाई तयारी गरिएको चार क्विण्टल गाँजा पूर्ण रुपमा नस्ट गरिएको खत्रीले जानकारी दिए । उक्त स्थलमा अहिले विशेष प्रहरीको टोली खटाएर अवैध रुपमा लगाइएको गाँजा नष्ट गर्ने कार्य जारी रहेको उनले जानकारी दिए ।