टिप्स

अब घरबाटै थाहा पाउनोस् कोरोनाको संक्रमण र उपचारबारे

By खबरहब

March 30, 2020

काठमाडौं – नेपालमा पनि अब घरबाटै कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउन सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ अर्थात कोरोना भाइरसको संक्रमण तथा उपचार विधिबारे जानकारी दिने एप सार्वजनिक गरेसँगै घरबाटै कोरोना भाइरसको संक्रमण र उपचार विधिबारे अधिकतम जानकारी लिन सकिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको ‘हाम्रो स्वास्थ्य’ नामक एपमार्फत घरमै बसेर कोभिड-१९ को स्व:मूल्यांकन गर्न सकिने छ ।

तत्कालका लागि नयाँ मोबाइल एप ‘हाम्रो स्वास्थ्य’  गुगल प्लेस्टोरमा उपलब्ध नभए पनि मन्त्रालयको वेब पोर्टल covid19.mohp.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

एप्समा कोरोना संक्रमणको शंका लागेमा आफूले खोजेको सुविधा नजिकको अस्पतालमा छ या छैन भन्ने जानकारी दिने त्यस्तो सुविधा नभए अर्को  नजिकको अस्पताल पहिचान गर्न समेत मद्दत मिल्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।