प्रवास

अष्ट्रेलियामा ८ नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित

By खबरहब

March 30, 2020

काठमाडौं – अष्ट्रेलियामा अध्ययनरत ८ जना नेपाली विद्यार्थीलाई कोरोनाभाइरस संक्रमण भएको खुलेको छ ।

अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावालेका अनुसार अष्ट्रेलियाको न्यूसाउथ वेल्समा ४, भिक्टोरियामा ३ र तस्मानियामा १ जना नेपाली विद्यार्थी संक्रमित भएका छन् ।

तस्मानियाका संक्रमित विद्यार्थी भने अहिले उपचारपछि पूर्ण रुपमा स्वस्थ भएर घर फर्किइसकेको दूतावासले जनाएको छ ।

उपचारका क्रममा रहेका अन्य सातै जना विद्यार्थीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको र आफ्नै घरमा क्वारेन्टाइरमा रहेको दूतावासले जनाएको छ ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, अस्थायी बासिन्दा र नेपाली समुदायमा कोरोना भाइरसको  संक्रमण फैलिन नदिन र संक्रमितलाई स्वास्थ्य उपचारको उचित व्यवस्था मिलाउन अष्ट्रेलियका स्वास्थ्य निकायसँग निरन्तर समन्वय भइरहेको समेत दूतावासले जनाएको छ ।