KIRKLAND, WA - MARCH 07: A patient is transferred into an ambulance at the Life Care Center on March 7, 2020 in Kirkland, Washington. As of today, 11 residents have died from COVID-19, since February 19th. Currently, there are 63 residents in the facility, slightly more than half of the 120 residents that were here before the first case was reported. (Photo by Karen Ducey/Getty Images)

अन्तर्राष्ट्रिय

कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ६१ हजार नाघ्यो

By खबरहब

April 30, 2020

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ ।