खेलकुद

साफ फुटबल एक वर्षपछि मात्रै हुने

By खबरहब

June 30, 2020

काठमाडौं – बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षपछि मात्रै हुने भएको छ ।

कोरोना भाइरसको महामारीले सृजित विषम परिस्थितिले प्रतियोगिता एक वर्ष सारिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो ।

अब प्रतियोगिता सन् २०२१ मा हुनेछ । यसअघि १३ औं संस्करणको साफ च्याम्पियनसिप यसै वर्षको सेप्टेम्बरमा हुने तय भएको थियो ।