प्रहरी

प्रहरी हवल्दारले आफ्नै कञ्चटमा हाने गोली

By खबरहब

June 30, 2020

काठमाडौं – सुनसरीमा एक प्रहरी हवल्दारले आफैमाथि गोली हानेका छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका ३५ वर्षीय प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैमाथि गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार उनले जिल्ला अदालत सुनसरीको परिसरमा सोमबार कञ्चटमा गोली हानेका थिए । उनको उपचारमा क्रममा मृत्यु भएको छ ।

खतिवडाले सोमबार साँझ करीब ७ बजे आफ्नो कञ्चटमा गोली हानेको जिप्रका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

उनले के कति कारणले आफ्नै कञ्चटमा गोली हाने भन्ने खुलेको छैन । प्रहरीका अनुसार उनी केही दिनअघि मात्र घर विदाबाट काममा फर्किएका थिए ।