समाचार

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ७ जनामा कोरोना

By खबरहब

July 30, 2020

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये ५ जना कैलाली, एकजना कञ्चनपुर र एकजना दार्चुलाका छन् । उनीहरु मध्ये एकजना महिला र अन्य पुरुष रहेका छन् ।