Health workers wait to screen stranded Indians who arrived from Singapore at the Indira Gandhi international airport in New Delhi, India, Friday, May 8,2020. India is carrying out several repatriation flights to bring back citizens stranded in various countries. (AP Photo/Manish Swarup)

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ७८ हजार बढीमा संक्रमण

By खबरहब

August 30, 2020

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४४ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।