अन्तर्राष्ट्रिय

चीनमा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु

By खबरहब

August 30, 2020

एजेन्सी – उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन शहरमा रहेको एउटा रेस्टुरेन्ट भत्किँदा १७ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार अरू २८ जना घाइते भएका छन् ।

जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेका रेस्टुरेन्ट भवन शनिबार बिहान भत्किएको थियो ।