अन्तर्राष्ट्रिय

कुरान जलाएको विरोधमा स्वीडेनमा प्रदर्शन

By खबरहब

August 30, 2020

काठमाडौँ –  स्वीडेनमा आयोजना गरिएको एक र्‍यालीमा कुरान जलाइएपछि व्यापक प्रदर्शन भएको छ । सोक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्‍यालीमा कुरान जलाइएपछि  विरोध सुरू भएको हो ।

प्रदर्शनकारीहरूले स्वीडेनको माल्मो शहरमा सवारीसाधन र भवनहरूमा तोडफोड र आगजनी गरेपछि झडप भएका छन् ।

सो क्रममा केही सुरक्षाकर्मी र कयौँ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।