समाचार

पाटन अस्पतालमा  उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

By खबरहब

August 30, 2020

काठमाडौँ – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए ।