sf]/nfdf u:tL ub}{ ;z:q k|x/L l7gL -d':tfª_, !& h]7 M lxdfnL lhNnf d':tfªsf] sf]/nf gfsfsf] $%)) ld6/sf] prfO{df u:tL ub}}{ ;z:q k|x/Lsf hjfg . laxLaf/ g]kfn ;/sf/n] nf]dfgyfª–! g]r'ªdf k|x/L lg/LIfssf] g]t[Tjdf @) hgf k|x/L ;Ldf lgu/fgL rf}sL -lacf]kL_ :yfkgf u/]sf] 5 . t:jL/ M lg/h ysfnL÷/f;;

समाचार

लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा

By खबरहब

September 30, 2020

हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ ।

लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।

हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो ।

हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ । हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ । हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ ।

समुद्री सहतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ ।

यो नाकाबाट विशेषगरी जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले बताएको छ ।