क्रिकेट

आयरल्याण्डविरूद्धको वान डे सिरिजमा इंग्ल्याण्डलाई १-० को अग्रता

By खबरहब

July 31, 2020

काठमाडौँ – आयरल्याण्डविरूद्धको तीन खेलको वान डे सिरिजमा  इंग्ल्यान्डले १-० को अग्रता लिएको छ ।

पहिलो वान डेमा बिहीबार आयरल्याण्डलाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिजमा १-० को अग्रता लिएको हो ।

१ सय ७३ रनको बिजयी लक्ष्य पाएको इंग्ल्याण्डले २२.१ ओभर बाँकी छँदै जीत निकाल्यो ।

एक समय ७८ रन बनाउँदासम्म चार विकेट गुमाएको इंग्ल्याण्डका लागि इओन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे ।

यसअघि आयरल्याण्डलाई सस्तोमा समेट्न डेबिड विलीले पाँच विकेट लिए ।