अन्य

साग स्वर्ण पदक विजेता खेलाडी सम्मानित

By खबरहब

July 31, 2020

काठमाडौं – नेपाली काङ्ग्रेसले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

सानेपास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा खेलकुद विभागले सम्मान कार्यक्रम आयोजना गरि खेलाडीलाई सम्मान गरेको हो। सागमा नेपालले ५१ स्वर्ण सहित २०६ पदक हात पारेको थियो। जसमध्ये काङ्ग्रेसले ८० जना खेलाडीलाई सम्मान गरेको हो।

काङ्ग्रेसले एक स्वर्ण जित्ने खेलाडीलाई १० हजार, दुई स्वर्णलाई १५ हजार, तीनले २० हजार र चार स्वर्ण जित्नेले २५ हजार दिएको हो।

जसमध्ये सबैभन्दा बढी पौडीकी गौरीका सिंहले २५ हजार र करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकि आयशा शाक्य र गल्फका सुवास तामाङले समान १५/१५ हजारसहित सम्मानित भएका छन् भने अन्य खेलाडीले १० हजमरका दरले सम्मान पाएका छन्।

काङ्ग्रेसको खेलबुद विभागले टोकियो ओलम्पिकमा छनोट हुने खेलाडीको विमा गरिदिने विभागका सभापति मोहन बस्नेतले बताएका छन्।

ओलम्पिकका लागि अहिले १२ जना खेलाडीले अभ्यासमा छन्।