अन्तर्राष्ट्रिय

बेलारूसमा राष्ट्रपति लुकाशेन्कोविरूद्धको प्रदर्शनमा धरपकड, एक सयभन्दा बढी पक्राउ

By खबरहब

August 31, 2020

एजेन्सी – बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले धाँधली गरेर चुनाव जितेको आरोपमा बेलारूसमा तीन सातादेखि जारी प्रदर्शन झन् चर्किएको छ ।

आइतबार हजारौं मानिसले लुकाशेन्कोविरुद्ध प्रदर्शन गर्दा प्रहरीले धरपकड गरेको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायरलगायतका स्थानहरुबाट प्रहरीले १२५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

तस्वीर : एपी

बेलारुसमा अगष्ट ९ मा सम्पन्न निर्वाचनपछि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीहरुले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै राष्ट्रपति लुकाशेन्कोले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

२५ वर्षदेखि सत्तामा रहँदै आएका लुकाशेन्कोले भने चुनावमा कुनै धाँधली नभएको दाबी गर्दै आएका छन् ।